उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट

७ मंसिर, काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ । गए राति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट भएको छ । घटनाको कसैले जिम्मेवारी नलिएको उनले बताए। घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

‘बिस्फोटनबाट टेबल, कुर्सीमा क्षति पुगेको छ,’ कसले, किन बिस्फोट गराएको भन्ने खुलेको छैन ।’ सुतली बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।