६ मंसिर, काठमाडौं । आज थप १६७४ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।
कास्कीका ७५ जना, चितवनका ६१, झापा र रुपन्देहीका ५७–५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३–३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७–७ जना, पर्वत, डडेलधुरा र बझाङका ६–६ जना, सुनसरी, बारा र लमजुङका ५–५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४–४ जना,महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३र३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २–२ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १–१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।