हालै बसेको राजनीतिक परिषद् (पोलिटव्यूरो) बैठकको निर्णय अनुसार पार्टी, संगठनको सुढृणीकरण तथा राजनीतिक–वैचारिक लगाएतका महत्वपूर्ण विषयमा छलफल गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक आउँदो सोमबारबाट काठमाडौंमा बस्दैछ ।
गत असोज २५ र २६ गते काठमाडौंमा बसेको माओवादी केन्द्रको पोलिटव्यूरो बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रियता, जनतन्त्र र जनजीवीका सम्बन्धीत समस्याहरु र पार्टीले खेल्नुपर्ने भुमिका लगाएतका विषयमा छलफल गर्न यहि मंसिर ८ र ९ गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापा मगरका अनुसार पार्टी केन्द्रको बैठक विश्वव्यापी कोरोना त्रासका कारण उच्च स्वास्थ्य सतर्कता अपनाउँदै काठमाडौंमा गर्ने तयारी भैरहेको छ । माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष थापामगरले बैठकमा सहभागि हुने नेताहरुको स्वाथ्यमा जटिल समस्या देखिएको अवस्थामा स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य सतर्कता सहित सबै नेताहरुलाई सामाजिक दुरी कायम गर्दै बैठक सहभागि गराइने बताएका छन् ।
माओवादी केन्द्रका महासचिव कणजीत बुढाथोकी ‘शुशिल’ ले पार्टी केन्द्र समितिको बैठक यसअघि पोलिटव्यूरो बैठकले तोकेको मितिमा हुने भएकाले देशभरका सबै केन्द्रीय समितिका नेताहरुलाई आवश्यक तयारी सहित उपस्थित हुन आन्तरिक परिपत्र मार्फत जानकारी गरिसकेको आज प्रेस सेन्टर नेपालका नेताहरु सँगको भेटको क्रममा बताएका छन ।
माओवादी केन्द्रका महासचिव बुढाथोकीले बैठक दुईदिनको लागि बोलाइएको बताएका छन । उनले बैठकको तयारीका सन्दर्भमा केन्द्र पार्टीले गरेको आन्तरिक परिपत्रबारे सबै प्रदेश पार्टीले औपचारिक–अनौपचारिक बैठक मार्फत सबै नेता, कार्यकर्ताहरुमा जानकारी गरिसकेको बताए ।
महासचिव बुढाथोकीका अनुसार बैठकमा सहभागि हुनका लागि देशभरबाट माओवादी केन्द्रका करिब पाँच दर्जन नेताहरु आउने भएका छन । उनले बैठकको आन्तरिक सैद्धान्तिक राजनीतिक तयारीका साथै अन्य ब्यानर, कोटेशन, झण्डा, खाना, नास्ता, हल लगाएतको सम्पूर्ण तयारी भैसकेको बताए ।
त्यस्तै बैठकको तयारीका लागि माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका सुदूरपश्चि प्रदेश इन्चार्ज रंगनाथ ढकाल, पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विनोद उपाध्याय लगाएतका केही पोलिटव्यूरो सदस्यहरु राजधानी पुगिसकेका छन । माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष थापा र अर्का सचिव राजन तिमल्सिना लगाएत अधिकाशं नेताहरु पनि काठमाडौंमै रहेका छन ।
माओवादी केन्द्रका सचिव उपाध्यायका अनुसार केन्द्रीय समितिको बैठक तोकिएकै कार्यसूचिमा हुने भएपनि त्यसको थप सैद्धान्तिक तयारीको लागि भोलि मंसिर ६ गते पदाधिकारी र पर्सि ७ गते पोलिटव्यूरो सदस्यहरुबिच छलफल गरिने भएको छ । उनले पार्टीलाई राजनीतिक तथा वैचारिक रुपमा एकताबद्ध बनाउँदै अघि बढ्न केन्द्रीय समितिको बैठक महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।
त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकालले पछिल्लो समय ओली सरकारले अंगालेको राष्ट्रघात, जनघात र अपराध, भ्रष्टाचार संरक्षमुखि गतिविधिको व्यापक भण्डाफोर गर्दै आम क्रान्तिकारी शक्ति र जनसमुदायलाई सर्वहारावर्गिय राज्यसत्ताँको लागि सडक संघर्षमा जोड्ने महत्वपूर्ण तयारीको पक्षमा केन्द्रीय समिति बैठक केन्द्रीत हुने बताएका छन ।
उपाध्यक्ष ढकालले दलालीकरणमा मस्त ओली सरकार र दलाल संसदवादी व्यवस्थाका कारण जनताको जीवनयापनमा कठिन अवस्था आएको ठहर गर्दै माओवादी केन्द्रले अघि सारेको महान जनविद्रोहको तयारीमा आ आफ्नो ठाउँबाट जुट्नका लागि बैठकले प्रगतिशिल शक्ति र आमजनसमुदायमा अपिल समेत गर्ने बताए ।
माओवादी केन्द्रका अधिकांश नेताहरुले उक्त बैठक पार्टीमा गतिशिलता र राजनीतिक मुद्दामा संघर्षको तयारीका हिसावले अत्यन्त महत्वपूर्ण हुने अपेक्षा गरेका छन । बैठकमा राजनीतिक, सैद्धान्तिक र संगठनात्कम विषयमा छलफल सहित निर्णय हुने बुझिएको छ ।
बैठकको तयारीका लागि प्रदेश नम्बर एकमा व्यापक छलफल र तयारी गरिएको नेताहरुले बताएका छन । त्यस्तै प्रदेश दुईका अध्यक्ष बब्लुसिंह ठाकुरले समेत दुई नम्बर प्रदेशमा पनि बैठकको विषयमा सबै तयारी भएको र नेताहरु सहभागि हुने बताएका छन ।
त्यस्तै वाग्मती प्रदेशमा समेत बैठको आधारभूत तयारी सहित उपस्थिति हुने विषयमा विभिन्न ढंगले छलफल भएको छ । वाग्मती प्रदेशका उपाध्यक्ष प्रकाश दाहालका अनुसार केन्द्रीय समिति बैठक स्थलको तयारीका विविध पक्षमा व्यपक तयारी भएको छ ।
त्यस्तै सुदूरपश्चि प्रदेश समितिको बैठक प्रदेश संयोजक लोकेशको अध्यक्षतामा हालै सम्पन्न भएको छ र त्यहाँबाट एकमतका साथ वैचारिक स्पष्टता सहित नेताहरुले माक्र्सवाद लेनिनवाद र माओवादप्रति ढृण प्रतिवद्धता सहित बैठकमा छलफल गर्ने तयारी गरेका छन ।
त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका साथै अन्तराष्ट्रिय विभाग, जवज मोर्चा, संघ, संगठनहरुमा समेत केन्द्रीय समितिमा छलफलका विषयहरुमा सक्रिय सहभागिता जनाउने विषयमा औपचारिक–अनौपचारिक बैठकहरु, सूचनाहरु भएको बुझिएको छ ।
उक्त बैठक वैचारिक राजनीतिक पक्षमा छलफल केन्द्रीत हुने र नयाँ उभारसहित पार्टीलाई जनतासँग र समाजका अन्तरविरोधसँग जोड्ने नीति सहित नेतृत्व, जिम्मेवारीमा समेत हेरफेरबारे निर्णय गर्ने छ । बैठकमा विभिन्न क्षेत्रबाट माओवादी केन्द्रमा ध्रुविकृत हुने विषयमा यसअघि चलेका प्रस्तावमा समेत छलफल गर्ने बताइएको छ ।
बैठक कार्यवाहक अध्यक्ष तिलक थापामगरको अध्यक्षतामा बस्ने बुझिएको छ । साथै प्रचण्ड समुहको एमालेकरणपछि माओवादी केन्द्रको पुर्न स्थापनामा महत्वपूर्ण योगदान गरेका पूर्व मन्त्री, तत्कालिन माओवादी केन्द्रका सचिवालय सदस्य तथा निवर्तमान अध्यक्ष गोपाल किरातीलाई पार्टीको बैठकमा आतिथ्यताका लागि आमन्त्रण गर्ने नेताहरुबाट बुझिएको छ ।
यसअघि बसेको पोलिटव्यूरो बैठकले निवर्तमान अध्यक्ष गोपाल किराती ‘साईला’ले धार्मिक विचार, विपश्यनालाई माक्र्सवादको चौथो संघठक अंगका रुपमा राख्नेबारे प्रस्ताव सार्वजनिक गरेकोमा त्यसलाई एकमतका साथ अस्विकार गरेको र उनले स्वयम् आफुले व्रमाण्डिय विचारबारे अध्ययन, अनुसन्धानका लागि समय मिलाउन अध्यक्षबाट बिदा लिदैं सल्लाहकार समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्न खोजेको कारण उनले पार्टी संगठको लागि गरेको योगदानप्रति धन्यवाद सहित बिदा गरेको गरेको थियो ।
पार्टीको पोलिटव्यूरोको बैठकले एकमतबाट निर्वतमान अध्यक्ष किरातीको प्रस्ताव अस्वीकृत गरेपछि उनले व्यक्तिवादी मनोवाद, राजनीतिक विचनता र संगठनात्मक अराजकताको चक्करमा फसेर पार्टी विघटनको भ्रामक दुश्प्रचार गरेको अवस्थामा माओवादी केन्द्रले भने त्यसता भ्रामक कुरामा नअल्झिन र पार्टी योजनामा निरन्तर जुट्न भन्दै विज्ञप्ती सार्वजनिक गरेको थियो ।
माओवादी केन्द्रका पर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समिति अध्यक्ष रहेका किरातीले पार्टी विधान र पद्धति विपरीत, सनकको भरमा गैरराजनीतिक चरित्र पर्दशन गर्दै स्वैच्छिक र एकलढंगले अधिकार क्षेत्रभन्दा बाहिर, कुनै तहको औपचारिक बैठक नै नगरी, सम्पूर्ण पार्टी संरचना विघटन गर्ने र आफूलाई अध्यक्ष स्वघोषणा गर्ने काम गरेको विषयलाई पार्टीले दुश्प्रचार भनेपनि अहिलेसम्म अन्य कारबाही भने गरेको छैन ।
पार्टीभित्र विवादको अवस्था कुनै नरहेको विषयमा माओवादी केन्द्रले आन्तरिक परिपत्र र सार्वजनिक विज्ञप्ती मार्फत नेता, कार्यकर्ता, देशभक्त जनसमुदाय र मित्र शक्तिहरुमा प्रष्ट पारिसकेको छ । माओवादी केन्द्रले सबै नेताहरुलाई विधिमा रहेर केन्द्रीय समितिको बैठकमा छलफल गर्दै, नमिलेका विषयवस्तुहरु वैचारिक दृष्किकोणका आधारमा मिलाउँदै, एकतावद्ध बनाउनका लागि बैठकमा उपस्थित भएर सुझावहरु पेश गर्न आग्रह समेत गरेको छ ।