मुलुकभरमा २१०३ जना कोरोना भाइरसका संक्रमित थपिए

४ मंसिर, काठमाडौं । आजग देशभमा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा ८६४ महिला र १२३९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २५ हजार ३४७ जना होम आइसोलेसनमा छन् भने ३८० जनाको आईसीयू र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रिमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२२९ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ९६५ जना, ललितपुरका १८९ र भक्तपुरका ७५ जना छन् ।

मोरङका १२८ जना, चितवनका ८०, सनसरीका ७९, कास्कीका ७६, रुपन्देहीका ५७, दाङका ३२, मकवानपुरका २३, बाँकेका २१, सप्तरीका २०, धनुषा, पर्सा र काभ्रेका १६–१६ जना, नुवाकोट र गोरखाका १४–१४ जना, बाग्लुङका १३, पाँचथर, नवलपुर, लमजुङ, गुल्मी र नवलपरासीका १२–१२ जना, तनहुँ र कविलवस्तुका ११–११ जना तथा सिराहा, स्याङ्जा र पाल्पाका १०–१० जनामा कोरोना संक्रमण देखिएको छ ।

संखुवासभा, धादिङ, सिन्धुपाल्चोक र बझाङका ९÷९ जना, बर्दियाका ६, सर्लाही र कैलालीका ५÷५ जना, उदपयपुर, महोत्तरी, मुस्ताङ, अर्घाखाँची, दैलेख र डडेलधुराका ४÷४ जना, बारा, रौतहट, सिन्धुली र कञ्चनपुरका ३÷३ जना, इलाम, ओखलढुंगा, रसुवा, पर्वत, रुकुम पश्चिम र दार्चुलाका २÷२ जना, खोटाङ, भोजपुर, दोलखा, रामेछाप र बैतडीका १÷१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले बताएको छ ।