हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी सात जनाको मृत्यु । १३ जना घाइते

१ मंसिर, काठमाण्डौ । हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

हङकङका मिडियाहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ ।

यो नेपालीहरुले लाइसेन्स नलिइकन सन्चालन गरेको रेष्टुरेन्ट भएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।