काजलको पानीभित्र हनुमून

एजेन्सी

२८ कात्तिक, काठमाण्डौ । बलिउड नायिका काजल अग्रवालले हालै व्यापारी गौतम किचलूसँग विवाह गरेकी छिन् । हाल उनी आफ्ना श्रीमानसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् ।

काजलले आफ्ना भ्रमणको फोटो लगातार सोसल मिडियामा पोस्ट गरिरहेकी छिन् ।
हालै काजलले इन्स्टामा केही नयाँ तस्बिर सेयर गरेकी छिन् जसमा नवविवाहित जोडीलाई पानी भित्र रोमान्स गरिरहेको देख्न सकिन्छ ।

काजलले जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा उनी निलो रङको ब्याकलेस ड्रेसमा देखिएकी छिन् । यो ड्रेस काजललाई निकै सुहाएको छ ।

नायिकाले जुन फोटो सेयर गरेकी छिन् त्यसमा पानीभित्र एक कोठा पनि देखिएको छ र त्यस वरिपरि थुप्रै माछा पनि देखिएका छन् ।