परीक्षार्थीले उत्तरपुस्तिकामा नाम/रोल नम्बर र फोन नम्बर लेखिएको पाइएकाले उपप्राध्यापक पदको परीक्षा रद्द

२६ कात्तिक, काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुरले उपप्राध्यापक पदमा लिइसकेको लिखित परीक्षा रद्द गरेको छ ।

२०७६ कात्तिक २८ देखि २०७६ पुस २ गतेसम्म सञ्चालन भएका लिखित परीक्षा रद्द गरिएको हो ।

दुई सय ४० जना उपप्राध्यापक पदका लागि लिखित परीक्षा लिइएको थियो ।

परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम÷रोल नम्बर र फोन नम्बर लेखेर परीक्षाको मर्यादा उलंघन गरेको पाइएकोले उत्तरपुस्तिका र परीक्षा समेत आयोगले बुधबार रद्द गरिएको हो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान, ईञ्जिनियरिङ अध्ययन संस्थान, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय गरी दुई सय ४० उपप्राध्यापक पदका लागि परीक्षा लिइएको थियो ।