चेक बाउन्सको मुद्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ

२६ कात्तिक, काठमाडौं । चेक बाउन्सको मुद्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनी बुधबार कालिमाटीबाट पक्राउ परेको प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

उनीविरूद्ध एक महिना अगाडि झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएका थिए ।

’सञ्चालकलाई एक करोडको चेक बाउन्स गरेको हुँदा पक्राउ गरेको हो,’उनले भने,’व्यापारिक लेनदेनको विषयमा
रहेछ ।’