Breaking News

कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क मंसिर ८ गतेभित्र सम्पन्न गरी पठाउन निर्देशन

२६ कात्तिक, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क पठाउन निर्देशन दिएको छ ।

२०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ जारी भइसकेको पनि बोर्डले जनाएको छ ।

उक्त कार्यविधिअनुसार कक्षा १२ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन २०७७ मंसिर ८ गतेभित्र सम्पन्न गरी कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको छ ।

बोर्डका शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरूले समेत आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयहरूबाट आन्तरिक मूल्याङ्कनको अंक प्राप्त गरी तोकिएको ढाँचामा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले भनेको छ ।

थप जानकारी बोर्डको वेवसाइट धधध।लभद।नयख।लउ बाट लिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।