राष्ट्रिय विभुति, समाज सुधारक महागुरु फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव बृद्धि होस्

प्रधानमन्त्री , केपी शर्मा ओली

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको मंगलबार १३६ औं जन्मजयन्तीका अवसरमा सामाजिक संञ्जाल ट्वीटमार्फत सन्देश दिने क्रममा राष्ट्रिय विभुति, समाज सुधारक महागुरु फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव बृद्धि होस्’ भन्ने कामना गरेका छन् ।

‘राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु ।