अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन् । यो जीत तपाईंको हो

२३ कात्तिक, काठमाण्डौ । जो बाइडनले राष्ट्रपति पदमा छानिएपछि आफ्नो पहिलो भाषण दिएका छन् । उक्त भाषणमा बाइडनले आफूले ऐतिहासिक रुपमा सर्वाधिक भोट पाएको बताएका छन् ।

उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन् । यो जीत तपाईंको हो । हामीले ७.४ करोड भोट पाएका छौं र यति भोट आजसम्म कहिले पनि पाएका छैनन् ।’

बाइडनले थपे, ‘तपाईंहरुले ममाथि विश्वास जगाउनुभयो । यसलाई म विनम्रताका साथ स्वीकार गर्छु । म अमेरिकाको राष्ट्रपति हुँ र सबैलाई सँगै लिएर अघि बढ्नेछु । म रेड स्टेट र ब्लू स्टेटको रुपमा हेर्दिनँ । अमेरिकाको राष्ट्रपति हुँ । म कुनै पार्टीको राष्ट्रपति होइन । हामी सबै सँगै मिलेर काम गर्नेछौं । म यो मुलुकको मेरुदण्डलाई पुनः खडा गर्नेछु ।’

–बीबीसी

A new day in America has come. Tune in as Vice President-Elect @KamalaHarris and I address the nation.