डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग

२२ कात्तिक, काठमाण्डौ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन् ।

आज भट्टराईले सामाजिक संजाल मार्फत् ट्वीट गर्दै विभिन्न ६ मुद्दामा छलफल गर्न अधिवेशन माग गरेका हुन् ।

नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला उसैले छिनोफानो गरोस् ! तर सरकारको दुष्कर्म–अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने किः १ कोरोना २. अर्थतन्त्र ३.संघीयता ४. भ्रष्टाचार ५. विदेश सम्बन्ध ६.अन्य ! जस्ता माग विषय बारेमा छलफल गर्नका लागि अधिवेशनको माग गरेका छन् ।