आज थप २९०९ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि

२१ कात्तिक, काठमाडौं । आज थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

आजै ४५ सय जना निको भएर घर फर्केका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा कास्कीमा १२९, मोरङमा १२७ जना, चितवनमा १२६, दाङमा ११४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रे र रुपन्देहीमा ७०–७०, मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७ र सिराहामा ३१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०–२०, धादिङ र सिन्धुपाल्चोकमा १९–१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा र बागलुङमा १४–१४, रौतहट र नुवाकोटमा १३–१३, दोलखा र नवलपरासीमा १२–१२, सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०–१० जना संक्रमित भेटिएका छन् ।

दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्सा र डडेल्धुरामा ७र७, तेह्रथुममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्युठानमा ५र५, ओखलढुंगा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कञ्चनपुर र डोटीमा ४–४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रुकुम पश्चिम, सल्यान र बझाङमा ३–३ जना, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २र२ जना, सिन्धुली, रुकुम पूर्व, कालीकोट, डोल्पा, दार्चुला, बाजुरा र बैतडीमा १–१ जना संक्रमण देखिएको छ ।