आफूले प्रधानमन्त्री बाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो त्यस कारण म राजीनामा दिन्न

१९ कात्तिक, काठमाण्डौ । मनमोहन सेन्टर एनेक्सको भवनको उद्घघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएकोब बताएका छन् ।

प्रधानमन्त्री के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

केहीले (अविश्वासको प्रस्ताव (?) ) को तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस् ।

केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट (आफूलाई प्रधानमन्त्रीबाट हटाउने) धेरै कोशिस भएको भएको उक्त अवसरमा प्रधानमन्त्री ओलीले बताए ।