बोलेरो जिप दुर्घटना एक को मृत्यु १४ घाइते

१६ कात्तिक, कैलाली । कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

१६ जना यात्रु बोकेर कैलालीको घोडाघोडीस्थित डोके बजारबाट पण्डौनतर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आइतबार महोन्याल गाउँपालिका वडा नम्बर ४ को बास पानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मोहन्याल गाउँपालिका(२ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते घोडाघोडी ८ का ६० वर्षीय खड्क रावललाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ ।

अन्यको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

ब्रेक फेल भएर जिप रोडमा करिब २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।