बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

१५ कात्तिक, धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको
छ ।

झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी
दिए ।

पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनी भर्ना भएका थिए ।