दाङका कोरोना संक्रमितको नेपालगंजमा मृत्यु

१५ कात्तिक, काठमाण्डौ । कोरोना भाइरसका कारण मर्नेहरुमा आज बिहान दाङ घोराहीका एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको छ ।

बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो ।

आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताएका छन्। यो सँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जनाको मृत्यु भएको छ ।

यो अवधिसम्म बाँके जिल्लाका मात्रै थप ३० जनाको मृत्यु भइसकेको छ।

सबै गरेर हालसम्म बाँकेमा ४८ जना संक्रमितको मृत्यु भई सकेको छ ।