काठमाण्डौ उपत्यकामा आलुको मुल्य मनपरी

१४ कार्तिक काठमाडौं । उपत्यकामा आलुको मूल्य अचाक्ली बढेको छ । थोक बजारमा ६४देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५० रुपैयाँसम्म पु¥याइएको छ ।

व्यवसायीका अनुसार बजारमा माग बमोजिम आलु उपलब्ध छैन । त्यसमाथि खुद्रा पसलेले मनपरी मूल्य गर्दा उपभोक्ताहरु मारमा परेको होलसेल व्यवसायीहरुको दाबी छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारले आज शुक्रबारका लागि तोकेको मूल्यअनुसार रातो आलुको अधिकतम थोक मूल्य एक सय, भारतीय आलुको ६६ र नेपाली सेतो आलुको प्रतिकिलो मूल्य ८५ रुपैयाँ छ । तर, खुद्रामा भने प्रतिकिलो १५० रुपैयाँसम्ममा आलु बिक्री गरिएको गुनासो उपभोक्ताले गरेका छन् ।

नेपालमा आलु खेति कम हुन थालेको र बेमौसमका कारण भारतबाट आलु आउन छाडेकाले बजारमा आलुको मूल्य बढेको कालीमाटीका आलु ब्यापारी बलराम भट्टराई बताउँछन् ।

‘अहिले आलुको स्टोर सिजन हो, कोल्ड स्टोरबाट ल्याइने आलुको मूल्य महंगो भएको छ, कम उत्पादन भएका कारण भारतबाट पनि नेपालतर्फ आलु आउन नसक्दा मूल्य बढ्यो’ भट्टराईले भने ।

व्यवसायीकाअनुसार बर्षायाममा बजारमा आउने मुडे र पालुङको सिजन सकिएर अहिले आलुको कोल्डस्टोर सिजन चलिरहेको छ । अबको केही दिनमा काठमाडौंका लागि काभ्रेको नालाबाट नयाँ आलु आउँछ, त्यो आलु सकिने बित्तिकै काठमाडौंका लागि पनौती र साँखु र केही मात्रामा त्रिशुलीबाट नयाँ आलु भित्रिन थाल्ने व्यवसायी भट्टराई बताउँछन् । त्यो आलु पुस अन्तिम सातासम्म पुग्ने र त्यसपछि पाँचखालबाट काठमाडौंका लागि आलु आउँछ ।

नेपाली उत्पादनका अलवा भारतबाट पनि प्रशस्त मात्रामा आलु आयात गर्नुपर्ने अर्का व्यवसायी बृजभुषण मल्लिक बताउँछन् ।

‘आलुको मूल्य होलसेलमै १२० रुपैयाँ सम्म पुगेको थियो, अब नयाँ आलु आएर मूल्य घटाउन सघाउ पुग्छ,’ मल्लिकले भने ।

खुद्रा पसलले पुरानो आलु प्रतिकिलो ६५र७० र नयाँ आलु एक सय रुपैयाँ सम्ममा बिक्री गर्न सक्ने उनी बताउँछन् । ‘उपभोक्तालाई १५० रुपैयाँसम्म लिईएको गुनासो हामीले सुनेका छौँ, खुद्रामा त्यति महंगो हुन नपर्ने हो ।