काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन

१४ कात्तिक, काठमाण्डौ । कोरोनाभाइरस संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ ।

गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसन बसेका थिए ।

तर ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो ।

ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।

‘उपचारको क्रममा ओम अस्पतालमा आज बिहान ४ बजे उहाँको निधन भएको
छ । चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा क्रियाशील थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गर्नु भएको छ ।
‘काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक विष्णु चौलागाईंको निधनको खबरले स्तब्ध छु । चौलागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना,’ अध्यक्ष आचार्यले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।