बिजेपी कार्यकर्ताको गोली हानेर हत्या

एजेन्सी

१४ कात्तिक, काठमाण्डौ । भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दल भारतीय जनता पार्टी (बिजेपी) का तीन कार्यकर्ताको गोली हानी हत्या गरेका छन् ।

मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेका छन् ।

जम्मु(कश्मिरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले एक बयान जारी गर्दै घटनाको कडा निन्दा गरेका छन् । उनले हत्यालाई बर्बर बताएका छन् ।

ठाकुरले ईद (एमीलाद) नबीको पावन अवसरमा निहत्ता नागरिक मार्न नछोडिएको बताए। प्रहरी समक्ष उनले घटनामा संलग्नलाई छिटो भन्दा छिटो खोजेर कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

कश्मिरमा केही महिना यता लगातार बिजेपी कार्यकर्ता तथा जनप्रतिनिधिमाथि ज्यान लिने हमलाहरू हुँदै आएका छन् ।