Breaking News

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि

१३ कात्तिक, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ दाहालले आज बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताए । ‘बिहीबार उहाँ(दाहाल)ले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गृह मन्त्रालयमा दिनुभएको हो ।’
उनी अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।