मजदुरलाई खुलामञ्चमा दशैको टिका र भोजन

१० कात्तिक, काठमाण्डौ । कोरोना लकडाउन भएदेखि नै मजदुर, अपांग, असाहय र अन्य बटुवाहरुलाई निःशुल्क खाना खुवाइरहेको हन्ड्रेड गु्रपले आज बिजया दशमी दसैँको टीकाको दिन खुलामञ्चमा टीका लगाएर भोजन समेत गरेको छ ।

विश्वभरी फैलिएको कोरोना महामारी कारण लकडाउन भएकाले रोजगारी गुमाएका र अन्य खान समस्या भएकाहरुलाई खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई आज हन्ड्रेड ग्रुपले करिब ३०० जनालाई दर्शैका टीका लगाएर दक्षिणा स्वरुप रु १० रुपैयाँ, दिनुका साथै उनीहरुलाई मासुभात समेत खुवाएको छ ।