जर्नादन शर्मा दम्पत्तीलाई कोरोना संक्रमण

९ कात्तिक, काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा कर्णाली प्रदेश पार्टी इन्चार्ज एवं पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । । नेता शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् । साथै नेता शर्माले फेसबुक मार्फत आफ्नी जिवन संगिनी लक्ष्मी शर्मालाई पनि संक्रमण पुष्टि भएको बताएका छन् ।