सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको निधन

एजेन्सी

९ कात्तिक, काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको ७८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए ।

सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । एक स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ ।