मुलुकभरमा २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि

८ कात्तिक, काठमाण्डौ । आज मुलुकभरमा २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै सोही संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

आजै कोरोनाबाट २८४६ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।

कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८४६ जनाको पिसिआर परीक्षण गरिएको छ।