‘विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो

कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको समृद्धिका आधारहरु भनेको त्यो देशको जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताएका छन् ।

दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका नेपाली जनसमुदायहरुका चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले शुभकामनामा भनेका छन्, ‘विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन् ।

अध्यक्षले कोरोना भाइरसको महामारीको विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन अपील पनि गरेका छन् ।