प्रधानमन्त्रीले भारतीय गुप्तचर रअका प्रमुखसंग भेट गर्नुले कुटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानको खिल्ली उडायो

मोहन वैद्य किरण

७ कात्तिक, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसंग भेट गर्नुले कुटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको टिप्पणी गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य किरणले आज एक विज्ञप्ति निकालेर यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएको टिप्पणी गरेका छन् ।

‘त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ’ विज्ञप्तिमा भनिएको छ ।