Breaking News

देशभरमा ३ हजार ६३७ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि

६ कात्तिक, काठमाडौं । देशभरमा आज ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा १२४९ महिला र २३८८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो संगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

आजै मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६९ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहां कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकमा मात्र १५५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् ।

यस्तै मोरङका ६७० जना, सुनसरीका २२६, रुपन्देहीका १२६, मकवानपुरका १०१, झापाका ८८, चितवनका ८३, कास्की र दाङका ५४-५४ जना, धादिङका ५२, कैलालीका ४५, नुवाकोटका ४३, गोरखा र कपिलवस्तुका ३४-३४ जना, सिन्धुपाल्चोकका ३०, दैलेखका २५, धनुषाका २४, सप्तरीका २३, बारा र गुल्मीका २१-२१ जना, पर्सा र नवलपुरका १९-१९ जना, अर्घाखाँचीका १३, उदपयुरका १२ तथा रामेछाप र लमजुङका ११-११ जनामा संक्रमण देखिएको छ ।

सिराहा र तनहुँका १०-१० जना, काभ्रेका ९, दोलखा, अछाम र बैतडीका ७-७ जना, रौतहट, सर्लाही, पर्वत र स्याङ्जाका ६-र६ जना, धनकुटा र रुकुम पश्चिमका ५-५ जना, ओखलढुंगा, महोत्तरी र सल्यानका ४-४ जना, डोल्पा, कञ्चनपुर र कडेडधुराका ३-३ जना, खोटाङ, बाग्लुङ, सुर्खेत र दार्चुलाका २-२ जना तथा इलाम, पाँचथर, सोलखुम्बु, रोल्पा, कालीकोट, जाजरकोट, मुगु डोटी र बाजुराका १-१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।