म्यान्चेस्टर युनाइटेडद्धारा पीएसजीलाई उसैको मैदानमा पराजित

एजेन्सी

५ कात्तिक, काठमाडौं । म्यान्चेस्टर युनाइटेडद्धारा पीएसजीलाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो ।

१८ महिनाअघि रासफोर्डको इन्जुरी समयको पेनाल्टीले युनाइटेडलाई पार्क डेस प्रिन्सेसमा चर्चित जीत दिलाएको थियो । इङ्ल्याण्डका स्ट्राइकरले पुनः ८७ औँ मिनेटमा गोल गर्दै ओले गनर सोल्क्सायरको टोलीलाई तीन अंक दिलाए ।

यसअघि ब्रुनो फर्नान्डेजको पेनाल्टीबाट युनाइटेडले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा एन्थोनी मार्सियालले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो ।

युनाइटेडका गोलकिपर डेभिड डि गेयाले सुधारिएको प्रदर्शन गर्दै पीएसजीका सुपरस्टारद्वय किलियान एम्बाप्पे र नेयमारको प्रहारलाई रोकेका थिए ।

च्याम्पियन्स लिगको समूहमा चरणमा घरेलु मैदानमा पीएसजी पराजित भएको सन् २००४ पछि पहिलो पटक हो ।

समूहको अर्को खेलमा आरबी लेइपजीगले इस्तानबुल बासाक्सेहिरलाई २–० गोलअन्तरले पराजित गर्यो ।

अर्को इङ्लिस टोली चेल्सी भने सेभियासँग गोलरहित बराबरीमा रोकियो । इटालियन टोली लाजियो ले बोरुसिया डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गर्यो ।