सुदूरपश्चिम सरकारले कोरोनाका विरामीको निःशुल्क उपचार गर्ने

५ कात्तिक, काठमाडौं । केन्द्र सरकारले कोरोना विरामीको उपचार खर्च नव्यहोर्ने भने पछि प्रदेश सरकारले भने कोरोना बिरामीको खर्च प्रदेश सरकारले नै गर्ने क्रममा सुदूरपश्चिम सरकारले कोरोनाका विरामीको निःशुल्क उपचार गर्ने बताएको छ ।

संघीय सरकारले कोरोनाको जाँच र उपचार खर्च सर्वसाधरणले आफै व्यहोर्नुपर्ने भनेपछि देशमा आलोचना भइरहेको छ । संघीय सरकारले उपचारबाट हात झिकेपनि प्रदेश सरकारहरूले भने आफू मातहतका अस्पतालमा निःशुल्क उपचार गरिने बताएका हुन् ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाका विरामीको निःशुल्क उपचार गराउने बताए ।

प्रदेशमा अहिले कोरोनाका विरामी भएका सबै सरकारी अस्पतालले निःशुल्क उपचार गर्दै आइरहेका छन् ।

डडेल्धुरा अस्पतालमा पनि निःशुल्क उपचार भइरहेको भएपनि संघीय सरकार मातहत पर्ने यस अस्पतालमा व्यवस्थापन समितिले गरेको निर्णय अनुसार लिने–नलिने निर्णय भइनसकेको मेडिकल सुपरिटेण्डेन्ट जगदिशचन्द्र बिष्टले बताए ।

अहिले प्रदेशभरका विभिन्न अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ९७ जना संक्रमित उपचाररत् छन् ।