कृषि मन्त्रालयको सचिवमा डा. योगेन्द्र कुमार कार्की आउदै

कृषि मन्त्रालयका निवर्तमान सचिव राजेन्द्र भारीको गएको असोज ३० गतेबाट उमेरहदका कारण अवकाश लिएपछि कृषि मन्त्रालयको सचिव रिक्त हुन पुगेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयमा दुई सचिवको दरबन्दी रहेकोमा पशुपंक्षी सचिवमा डा. प्रकाश माथेमा कार्यर छन् । रिक्त कृषि सचिव नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ ।

वरिष्ठताका आधारमा मन्त्रालयमा कार्यरत सहसचिव डा. योगेन्द्र कुमार कार्कीलाई सचिव बनाउनु पर्ने प्रावधान रहे पनि सरकारले वरिष्ठताका आधारम नै प्रक्रिया अगाडी बढाएको छ । डा.कार्की यसअघि पनि सचिव सिफारिशमा परेका थिए तर सरकारले उनी भन्दा जुनियर राजेन्द्र भारीलाई सचिव नियुक्त गरेको थियो ।

यस पटक डा. कार्कीलाई वरिष्ठताका आधारमा सचिव बनाउनु पर्छ चौतफि आवाज उठिरहेको छ । तर बढुवा समितिले सिफारिश ३ जनाको नाम सिफारिश गरेपनि डा.कार्की लाई नै सचिवमा मन्त्रिपरिषद्ले निर्ण गर्ने आकलन गरेको छ  र बिज्ञहरुले पनि यस पटक डा.कार्कीमाथि अन्याय हुनुहुदैन भन्ने नै माग छ ।

कृषि मन्त्रालयको रिक्त सचिवमा हाल सोही मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिव डा. योगेन्द्र कुमार कार्की सचिवको एक्लो प्रतिस्पर्धी भएकाले सचिवमा उहांको अगाडी अर्को कुनै पात्रको विकल्प छैन ।