मुलुकभर ३७४९ कोरोना संक्रमित थपिए

२ कार्तिक, काठमाडौं । आज मुलुभरमा ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा १२३३ महिला र २४२७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो संगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । आजै मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार ५३३ सक्रिय संक्रमित छन् । ३१४ जनाको आईसीयू र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहां कति थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् ।

यस्तै सुनसरीका ३२१ जना, मोरङका १७२, रुपन्देहीका १४६, दाङका ११९, धादिङका ११७, मकवानपुरका ९०, सुर्खेतका ७६, काभ्रेका ६७, चितवनका ६२, बाग्लुङका ५८, कैलालीका ५५, कास्की र दार्चुलाका ३८र३८ जना, बाँकेका ३७, पर्सा र सिराहाका २६र२६ जना, नवलपरासीका ३२, डोटीका २८, धनुषाका २२, दैलेखका १७, बाराका १५ तथा गोरखा र गुल्मीका १४र१४ जनामा संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोकका १३ जना, सिन्धुलीका १२, उदयपुर, कपिलवस्तु र बर्दियाका ११र११ जना, रौतहट र प्युठानका १०र१० जना, रामेछापका ९, सप्तरी र नुवाकोटका ८र८ जना, अछामका ७, सर्लाही, नवलपुर, अर्घाखाँची र पाल्पाका ६र६ जना, दोलखा र तनहुँका ५र५ जना, लमजुङ र कालीकोटका ४र४ तथा महोत्तरी, पर्वत र बझाङका ३र३ जनामा पनि संक्रमण देखिएको छ ।

भोजपुर र बतैडीका २र२ जना तथा इलाम, ओखलढुंगा, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, म्याग्दी, स्याङ्जा, रुकुम पूर्व, जुम्लाद, सल्यान, डडेलधुरा र बाजुराका १र१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।