गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनित म्युजिक भिडियो सार्वजनिक

१ कार्तिक, काठमाण्डौ । गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्मिताको स्वर रहेको ’मायाले मलाई बोलायो’ बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको
छ । सलोन र स्मिताको यस म्युजिक भिडियोमा बालपनको उमेर देखिको सम्बन्ध ठूलो भइसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथा छ ।

भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् ।

पछिल्लो समय ठूलो लगानीमा म्युजिक भिडियोहरू बन्न थालेका छन् र ठुलो पर्दामा जमेका कलाकारको आकर्षण पनि म्युजिक भिडियोमा बढ्दो छ । यस गीतको भिडियोमा पनि ठूलै लगानी गरिएको छ ।