देशभरमा ४३९२ जना कोरोना संक्रमित

३० असोज, काठमाण्डौ । देशभरमा आज थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा १६०३ महिला र २७८९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । आजै मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३१५ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जानसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २ हजार ४०२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १७८४, ललितपुरका ३७४ र भक्तपुरका २४४ जना छन् ।

यस्तै मोरङका २८८ जना, सुसनरीका २०२, रुपन्देहीका १७६, चितवनका १२८, मकवानपुर र नवलपुरका १२१–१२१ जना, काभ्रेका ९०, झापाका ६५, दाङका ६४, कास्कीका ५९, प्युठानका ५३, सुर्खेतका ४४, बाँकेका ४१, सप्तरी र तनहुँका २४–२४ जना, सिन्धुपाल्चोकका २३ र दैलेखका २२ जना संक्रमित भएका छन् ।

रौतहट र सिराहाका २१–२१ जना, गोरखा र नवलपरासीका २०–२० जना, पर्साका १८, बर्दियाका १७, धादिङ र पाल्पाका १५–१५ जना, बागलुङ र गुल्मीका १४–१४ जना, नुवाकोट र कपिलवस्तुका १२–१२ जना, लमजुङ र कालीकोटका ११–११ जना, संखुवासभाका १०, महोत्तरीका ९ तथा तेह्रथुम, सिन्धुली र जुम्लाका ८–८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै इलाम, उलयपुर, बारा, रामेछाप, अर्घाखाँची र दार्चुलाका ७–७ जना, धनुषा, दोलखा, म्याग्दी र स्याङ्जाका ६–६ जना, बझाङका ५, ओखलढुंगा, ताप्लेजुङ, सर्लाही, पर्वत, रुकुम पश्चिमका ३–३ जना, धनकुटा, रोल्पा, जाजरकोट र बैतडीका २–२ जना, भोजपुर, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, सल्यान, हुम्ला, अछाम, डोटी र बाजुराका १–१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।