देशभरमा ३ हजार ७४९ कोरोना संक्रमित थपिए

२७ असोज, काठमाडौं । आज देशभरमा ३ हजार ७४९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको उनले बताए ।

यस दिन कोरोनाबाट ३ हजार ५६४ निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गरिएको हो ।

अहिले देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्।

बिहीबार कोरोनाले थप १९ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।