बाल संगठन मुगुको सभापति सिफारिसमा लालचन्द्र बिश्वकर्माको आपत्ति

२९ असोज, काठमाण्डौ । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयले देशैभरीका जिल्ला बाल संगठनमा नेतृत्व पुनः नियुक्ति गरेको छ । ७७ जिल्ला मध्य कतिपय जिल्लामा नेतृत्व चयनका विषयमा विवाद समेत उत्पन्न भएको छ ।

यसै शिलशिलामा कर्णाली प्रदेशको मुगु जिल्लाबाट सिफारिस गरेर पठाएको नाम भन्दा अर्को व्यक्ति छानिएपछि विरोध उत्पन्न भएको छ । सरकारले जिल्ला बाल संगठन मुगुको सभापतिमा देवीदत्त जैसीलाई सभापतिमा नियुक्त गरेपछि बिरोध बाहिर आएको हो । जिल्लाबाट पार्टीले लालचन्द्र विश्वकर्मा को नाम सिफारिश गराएर पठाए पनि मन्त्रालयले बाल संगठनको जिल्ला सभापतिमा जैसी को नाम सिफारिस गरेर पठाएको छ । यस विषयमा लालचन्द्र विश्वकर्मालाई सम्पर्क गर्दा सत्तारुड पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुगुले आफ्नो नाम सभापतिका लागि सिफारिस गरेर पठाएको तर मेरो नामलाई लत्याएर जैसी को नाम सभापति मा आएकोले आफूले आपत्ति जनाएको कदर न्यूजलाई बताएका छन् ।

विश्वकर्माका अनुसार चरम गुटबन्दी धारको गुटको पक्षधरता मानेर यसरी नियुक्त गरिनु आफूलाई स्वीकार्य नभएको भन्दै तत्काल उक्त व्यक्तिको नाम हटाएर जिल्ला कार्यसमिति मुगुले सिफारिस गरेर पठाएको आफ्नो नाम समावेश गर्न माग समेत गरेका छन् ।

लालचन्द्र विक पूर्व माओवादी केन्द्र का हुन भने जैसी पूर्व एमाले का हुन ।