नेपाल पत्रकार काठमाण्डौ शाखाद्धारा पत्रकार उत्तम प्रसाईको खोजी गरी सार्वजनिक गर्न माग

२६ असोज, काठमाण्डौ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले हप्ता दिनदेखि बेपत्ता भइका पत्रकार उत्तम प्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति छिटो पत्ता लगाई सार्वजनिक गर्न माग गरेको छ । शाखाका अध्यक्ष शन्तराम बिडारीले आज एक विज्ञप्ति जारी गरी सत्यतथ्य पत्ता लगाई यथाशीघ्र सार्वजनिक गर्नका लागि सबै प्रकारका संयन्त्र परिचालन गर्न आग्रह गर्नुभएको छ ।

काठमाडौँ शाखाका सदस्य तथा काठमाडौंबाट प्रकाशन हुँदै आएको युगव्यथा साप्ताहिकका संवाददात प्रसाईँ यही असोज १८ गते अपराह्न मैतीदेवीस्थित डेराबाट बेपत्ता भएको र उनको त्यस यताको स्थिति अज्ञात रहेकों शाखा अध्यक्ष बिडारीले बताउनु भएको छ ।

दिउँसो १ बजेसम्म कोठामै रहेका उनी गजुरीस्थित सिसीटिभी फुटेजमा बेग गतिका साथ आफ्नै मोटरसाइकलमा मुग्लिनतिर गएको देखिएको छ भने भोलिपल्ट मुग्लिनस्थित मुग्लिन–नारायणगढ खण्डको तीन नम्बर पुल छेउ सकुशल हालतमा हेल्मेट र चाबीसहित उनको मोटरसाइकल सडकछेउमै भेटिएको छ,’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै उनको पर्स, मोबाइल, चेकबुकलगायत सामग्री पनि त्यही डिलको २० मिटर तल सुरक्षित राखिएको भेटिएको छ शाखाले जनाएको छ ।

पत्रकार महासंघ काठमाण्डौ शाखाले नेपाल प्रहरीलाई निजको मोबाइल कल ट्रयाकिङमार्फत वास्तविकता पत्ता लगाउन माग समेत गरेको विज्ञाप्तीमा भनिएको छ ।