ब्राजिलमा कोरोनाका कारण मर्नेको संख्या डेढ लाख नाघ्यो

एजेन्सी

२५ असोज, काठमाडौं । ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृतक संख्याका आधारमा धेरै नागरिक गुमाउनेमा ब्राजिल विश्वको दोश्रो मुलुक हो। यस्तै संक्रमित संख्यामा भने अमेरिका र भारपछि तेश्रो नम्बरमा पर्छ ।

संक्रमित संख्या ब्राजिलमा यसै साताको सुरूवातमा ५० लाख नाघेको थियो ।

राष्ट्रपति जाइर बोल्सनारूमाथि संक्रमण नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लाग्दै आएको छ । उनीमाथि विज्ञहरूको सल्लाह नमानेको आरोप छ ।

उनले कोरोनालाई ’सानो फ्लु’को संज्ञा दिएका थिए । पछि उनी आफैं भाइरसबाट संक्रमित हुन पुगेका थिए ।
ब्राजिल ल्यानटिन अमेरिकाको सबैभन्दा धेरै कोरोना प्रभावित मुलुक हो । त्यहाँको साओ पाओलो राज्य संक्रमणबाट सबैभन्दा धेरै प्रभावित छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा हाल सम्म कोरोनाका कारण १ लाख ५० हजार १ सय ९८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमित संख्या ५० लाख ८२ हजार ६ सय ३७ छ ।

यध्यपी गर्मी मौसम सुरू भएयता त्यहाँ संक्रमण घट्न थालेको छ जबकी त्यहाँ दुई महिना लगातार प्रतिदिन हजारको हाराहारीमा मानिसले ज्यान गुमाएका थियो ।