नेपाल एयरलाईन्सको महाप्रवन्धकमा डिमप्रकाश पौडेल नियुक्त

२२ असोज, काठमाण्डौ । एयरलाइन्सको महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश) लाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता हुन् । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए ।