नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान

२२ असोज, काठमाण्डौ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।

लुइसको जन्म सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा भएको थियो ।