पचालझरनाको बाँझकोटमा कोल्थे सिचाई आयोजना शिलान्यास

२१ असोज, कालिकोट । पचालझरना गाउँपालिका ५ वडा बाँझकोटमा पालिकाको गौरबको आयोजना कोल्थे सिचाई कुलो करिब पौने तिन करोडको लगानीमा बन्ने लागेको छ ।यो सिचाई आयोजना बिश्व खाद्य र पालिकाको लागतमा सम्पन्न हुने योजना आजबाट औपचारिक रुपले सुरवात गरी शिलान्यास गरिएको छ ।

बिश्वखाद्य अन्र्तगत संचालित अनुकुल आयोजनाबाट २ करोड ७४ लाख र पालिकाको १ करोड गरी करिब २ करोड ७४ लाखमा यो आयोजना बन्न लागेको हो ।

आज पालिकाको ५ वडा बाझकोटको कोल्थेमा पालिका अध्यक्ष खड्गराज सेजुवालले शिलान्यासको उद्घाटन गरेका छन् । शिलान्यासमा ५ वडा वडाध्यक्ष बृषलाल आचार्य र अन्य स्थानीयबासीको उपस्थिति रहेको थियो ।

आयोजना माघ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना बिश्व खाद्यको सहयोग, हुरुण्डेको सहजिकरण र पालिकाको साझेदारि मा करोडौँको लागतमा बाँझकोटमा सिचाँई कुलो बन्ने भएको छ । अनुकुलन कोषको आर्थिक सहयोगमा निर्माण हुन लागेको आयोजनाको वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको कार्यान्वयन, साझेदार संस्था हुरुन्डेक मार्फत संचालित क्याप्स कर्णाली परियोजना अन्र्तगत संचालीत र गाउँपालिकाको संयुक्त लगानीमा बन्न लागेको आयोजनाको हो ।

अनुकुलन आयोजनाको दुई करोड ७४ लाख र गाउँपालिकाको एक करोड गरी जम्मा तिन करोड ७४ लाखको लागतमा सिचाँई कुलो बन्ने भएको छ । आयोजना कोल्थे देखी बाँझकोटसम्मको साढे पाँच किलो मिटरको दुरीबाट गाउँमा सिचाँई कुलो ल्याउने आयोजनामा देखाइएको छ ।

आयोजनाबाट ३ सय ७५ घरधुरी लाभावन्धित हुनुका साथै एक सय ५० जना स्थानियले प्रत्यक्ष रोजगारी पाउने छन् । एकसय हेक्टर जमिन सिंचित हुनुका साथै यो आयोजनालाई वहुउपयोगी आयोजनाका रुपमा लिइएको छ । आयोजना निर्माणमा काम गर्ने लेबरकै खातामा पैसा हाल्दिने र कामदारको दुर्घटना विमा समेत गरिने भएको छ ।

आयोजनाको शिलान्यास गर्ने क्रममा पालिका अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिका भित्रका रुखा र सुख्खा जमिन मुक्त गाउँपालिका बनाउने अभियान पालिकाले सुरु गरेको बताए । अहिले गाउँपालिकाकै सबै भन्दा ठुलो सिचाँई आयोजना भएको र यसले गाउँपालिकाको ३० प्रतिशत खुख्खा जमिन सिंचित हुनुका साथै कृषि उत्पादनमा वृद्धि समेत आउने बताए । बोल्ने क्रममा उलने एक त विकास गर्न भौगोलिक कठिनाई छ, त्यसैमा पनि आवश्यक बजेटको अभावमा काम नसकिएको बताए ।

अध्यक्ष सेजुवालले ग्रामीण क्षेत्रमा संघ सस्थाको साथ र सहयोग बिना विकासको रेखा कोर्नमा ढिलाई हुने भन्दै विश्व खाद्य कार्यक्रमलाई संगै ल्याएर विकासमा हातेमालो उदाहारण दिए । विश्व खाद्य कार्यक्रमकै मात्र यो वर्ष गाउँपालिकामा धन्नै ९ करोड बजेट आएको छ । त्यसैले बिश्वखाद्यको सहयोगमा विकास निर्माणका काममा ठुलो सहयोग रहेको बताए । एक करोड २९ लाखको लागतमा गाउँपालिकाको केन्द्र पणेक्षामा सोलार जडित सामुदायिक सेवा केन्द्रको नमुना अत्याधुनिक भवन निर्माणको काम पनि सुरु भएको छ बताए । यस भवनमा पालिका स्थरमा उत्पादन भएका अर्गानिक कृर्षिजन्य वस्तु राख्ने, र गाउँपालिकामा सेवा लिने सेवाग्राहीहरुले सजिलै सेवा पाउन भँन्ने हेतुले सामुदायिक सेवा केन्द्रको निमार्ण गर्न लागिएको उनले उक्त अवसरमा उल्लेख गरेका थिए ।