प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न नेता खाणको माग

१९ असोज, काठमाण्डौ । प्रदेश ५ को राजधानीका विषयमा बुटवलमा चर्किएको आन्दोलन र राजनीति सरगमीले ५ नम्बर प्रदेश तातिरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले षड्यन्त्रपूर्वक ढंगले प्रदेश नम्बर ५ को राजधानी नयाँ ठाउँमा सार्न खोजेको बताएका छन् ।

प्रदेश नम्बर ५ सरकारको निर्णयपछि बुटवलबाट दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव संसदमा दर्ता भएको छ ।

राजधानी सार्ने प्रस्तावले बुटवल क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रनुपर्ने अवस्था सिर्जना हुनु दुःखद पक्ष रहेको खाँणले बताएका हुन् ।

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुःखद पक्ष हो,’ नेता खाँणले आज सोमबार निकालेको विज्ञप्तिमा निकालेका छन् ।

नेता खाँणले बुटवललाई नै राजधनी यथावत कायम गर्न माग गरेका छन् ।