सुनसान बुटवल बजार र सडक

१८ असोज, काठमाण्डौ । प्रदेशको ५ स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा दर्ता भएसँगै सुरू भएको प्रदर्शन र हिंसापछि राख्ने निर्णय सँगै बुटवलमा भएको झडप र प्रदर्शनलाई मन्थर बनाउनका लागि बुटवलमा आजबाट लगाइएको निषेधाज्ञा आज आइतबार बिहानैदेखि बुटवलका सुनसान छ ।

सो सोही आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले पनि आज रूपन्देही बन्द गरेको छ ।

बुटवललाई नै राजधानी बनाउनुपर्ने अडानमा विपक्षी दल कांग्रेस छ । उसले प्रदर्शनदेखि बन्दसम्मका कार्यक्रम गरेको हो ।

प्रदर्शन र हिंसा उग्र बनेपछि स्थानीय प्रशासनले गए रातिदेखि लागू हुने गरी चार दिनसम्म निषेधाज्ञा लगाएको छ ।
बन्दले मुख्य राजमार्गमा सवारी साधन चलेका छैनन्। प्रदेशका मन्त्रालय, प्रदेश सभा सदस्यका निवास तथा सरकारी कार्यालय वरपरमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ ।

सडकमा सुरक्षाकर्मी परिचालन भएका छन् । उद्योग तथा पसलहरू खुलेका छैनन् ।

प्रहरीले सुरक्षा व्यवस्था कडा बनाए पनि कांग्रेससहित विभिन्न संघसंस्थाले आज बुटवलमा प्रदर्शन गर्न लागेका छन् । प्रशासनले गए रातिदेखि लागू हुने गरी एक दर्जन बढी ठाउँमा निषेधाज्ञा लगाएको छ ।