अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रमलाई कोरोना संक्रमण

१६ असोज, काठमाण्डौ । विश्वभरी फैलिएको कोरोना संक्रमणले महामारी नै लिइरहेको वेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेको बताइएको छ ।