१३ असोज, काठमाण्डौं । सामाजिक क्षेत्रमा विशूद्ध र मूनाफा रहित बिभिन्न सामाजिक कार्य गर्दै आएको बाल सचेतना केन्द्र नेपाल हाल काठमाडौं महानगरपालिका वडा न. ६ मा मात्र क्रियासिल नभएर उपत्यकाका साथै देशै भरी आफ्नो सामाजिक कार्य गर्दै आएको यो संस्थाको आफ्नो स्थापना कालदेखि नै बालबालिका हरुलाई शिक्षा, स्वास्थ तथा चेतनामुलक कार्यक्रम लगायत जेष्ठ नागरिक सम्मान गर्नुका साथै एकल महिलाहरुलाई सिपमुलक तालिम घरेलु हिंसा विरुद्धको अभियान, ल्याब सहितको स्वास्थ शिविर लगायतको विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । हाल विश्व महामारिको रुपमा फैलिएको कोरोना भाइरसको कारणले नेपाल सरकारले लकडाउन, सटडाउन, निषेधाज्ञा लगायत रोकथाम नियन्त्रणका लागि गएको २०७६ चैत ११ गते देखि लागू गरेको ४ महिने लकडाउन, एक महिने निषेधाज्ञाले त्यसको प्रत्उक्ष मार दैनिक ज्यालादारी गर्ने मजदुरहरु, सडकपेटिमा बसेर गुजरा गरिरहेका बालबालिकाहरु, असहाय अपाङ्गहरु एकल महिला तथा जेष्ठनागरिकहरुलाई बिहान र बेलुकाको पेट भर्न कठिन भइरहेकोले त्यसको मध्यनजर बाल सचेतना केन्द्र नेपाल ले “कोहि भोको नबसौ” भन्ने अभियान चलाउँदै लगातार आज १७र्औं दिनसम्म निरन्तर भोकाहरुलाई खाना खुवाइरहेको छ ।
त्यस्तै आजसम्म १७७६ घरपरिवार हरुलाइ राहत वितरण गर्न समाजसेवी, उद्योगि व्यापारी ज्यु हरुको सहयोग बाट वितरण गरिसकेको छ । तेसैगरी २७३ जना विविध रोगका बिरामी हरुलाइ औषधि खरिद र उपचारका लागि ७३३००० रुपैयाँ संकलन गरि वितरण गरिसकिएको छ । हाल काठमाडौं महानगरपालिका वडा न.६ को बौद्ध कुवाटोल,फुलबारी चोक, पासाङ ल्हामु सेर्पा मार्ग, महान्काल, टुसाल, गुहेस्वरी, गौरिघाट,चावहिल स्तुपा परिसरमा विविध कारणले सडक पेटिमा बस्ने २७५ जना भन्दा माथी व्यक्ती हरुलाइ निःशुल्क दाल भात तरकारी अचार सहित प्याकिङ गरि वितरण गरिरहेको र निरन्तर सन्चालन गर्ने संस्थाले जनाएको छ । बाल सचेतना केन्द्र नेपाल राष्ट्रिय वाणिज्य बैंक साखा कार्यलय नया बानेश्वोर चल्ती खाता न ज्ञद्धद्दण्ण्ण्घघडद्दण्ज्ञआज पनि बाल सचेतना केन्द्र नेपालको कोहि भोको नबसौ भन्ने अभियान निरन्तर जारी रहेको छ । सडकपेटिमा रहेका बालबालिका, विविध कारणले असाहय विपन्न भइ सडक पेटिमा बेसहारा जीवन बिताइ रहेका, जेष्ठ नागरिक, दाजुभाइ, दिदीबहिनी हरुलाइ आ(आफ्नो ठाउँ बाट सहयोग गर्न आवहान गर्दै निःशुल्क खाना वितरण गरिरहेको जानकारी संस्थाका अधक्ष्य बाबुराम फुयालले कदर न्यूजलाई बताउनु भएको छ ।
यस सस्थाले विगत १७ दिन देखि निरन्तर बौद्धको फुलबारी, कुवाटोल, माहान्काल त्यसै गरि पशुपति नाथ मन्दिरको वनकाली परिसर, गुहेश्वोरी मन्दिर वरिपरि साथै चाबहिल गणेशथान मन्दिर वरिपरि रहनु हुने भोका व्यक्तिहरुलाई खाना वितरण गरिएको छ । यस निशुल्क खाना वितरण अभियानमा निरन्तर खटिएर सहयोग गर्नुहुने संस्थाका कार्यसमिति पदाधिकारी हरुमा उपाध्यक्ष नारायण प्रसाद अधिकारी, महासचिव बुद्धिमान लिम्बु, कोशाध्यक्ष शर्मिला उप्रेती, सदस्यहरु झलक राज उप्रेती, अन्जना श्रेष्ठ, सरिता श्रेष्ठ, जगन्नाथ फुयाल, उर्मिला श्रेष्ठ, फुलमाया लामा, मायालु लामा, कल्पना अर्याल, रिता के.सि र अनिता अछामि सल्लाहकार उत्तम शर्मा उपसंयोजक रबिन्द्र दाहाल आजिवन सदस्य रमेश पुडासैनी, प्रतिमा राई, स्वयं सेवक सदस्य प्रबेश कार्की, रस्मिला श्रेष्ठ, भिमा थापा, मिना उप्रेती, शंकर चौलागाईं, मुना अधिकारी, युगा राई, एन्जला बोगटी, बिन्दु बुडाथोकी बाल क्लबको अधक्ष्य अभिलेख राज उप्रेती, प्रज्वल दाहालले सहयोग गरिरहनु भएको छ । खाना पकाउनका लागि स्पेसको ठाउँ र पानी लगायत सहयोग किर्तिका गर्लस होस्टेलकी सञ्चालिका नितु पोख्रेलले गर्नु भएको छ ।
त्यसैले यस मानव धर्म सामाजिक कार्यमा सक्नेले जे सहयोग गर्न स सकिन्छ त्यसमा हातमा हात मिलाऔं । “मन, वचन र कर्मले दिन दुः खीको सेवा गरौ, बाल सचेतना केन्द्र नेपालको अभियानमा सहभागी बनौं” यस्तो महामारीको कहरमा जिवन विवश तमामा खाना नपाएर हरेक दिन पिडामा रहेका तमाम भोकाहरुलाई बचाउन र मानवीय धर्म पालना गर्नका लागि हरदिन निरन्तर लागि रहेको यस बाल सचेतना केन्द्र नेपालको अभियानमा समाहित भई तमाम युवाहरुको सकृय सहभागिताका साथ अभियानमा जुट्न समेत अनुरोध छ ।
नेपाल सरकारले समेत गर्न नसेकेको र चासो नलिएको यस कार्यलाई आज बाल सचेतना केन्द्र नेपालले दाताहरुको सहयोग र आफ्नै बलबुतामा आजसम्म निरन्तर खाना खुवार मात्र भनई अरु विभिन्न सामाजिक कार्य मार्फत् विभिन्न तह र समुदायका मानिसलाई मानवीय कार्य गर्दै आएको छ । त्यसैले हामी नेपाली कोही कसै भोगो नरहौं र सरकार र अरुको मुख पनि नताकौं भन्ने विशूद्ध सामाजिक अभियानमा लागेको यस संस्थाको उद्देश्यमा सहमाहित भई मानविय कार्यका लाग्न हामी सबैको मानवीय धर्म भएकाले आजै देखि त्यसतर्फ लाग्न समेत आग्रह गर्नुहुन्छ संस्थाका अध्यक्ष बाबुराम फुयाँल ।
यस अभियानमा सहभागी भई संस्थाको यस प्रकारको सामाजिकाा कार्यलाई सहयोग खाधन्न तथा आर्थिक अभाव भएको हुँदा देश विदेशमा रहनु हुने मनकारी दाजुभाइ तथा दिदिबहिनी हरुलाई सहयोगको लागि निम्न ठेगाना मा उपलब्ध गराइदिनु हुन संस्थाले अनुरोध गरेको छ ।
सम्पर्क न.
बाबुराम फुयालः 9851122516
सर्मिला उप्रेतीः 9843072816
बुद्धिमान लिम्बूः 9841815168
रविन्द्र दाहालः 9843015111