प्रधानमन्त्रीले अचानक बोलाए मन्त्रीपरिषद् बैठक

११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले बालुवाटारमा आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बताएको छ ।

बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन । त्यसमा पनि राति नै खबर आएको छ’, स्रोतले भन्यो,’प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला ।

समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ ।

सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ ।