ताजा खबर

गएको २४ घन्टामा १४९७ जना कोरोना संक्रमण हुँदा १७ जनाको मृत्यु

८ असोज, काठमाडौं । आज बिहीबार देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् ।

त्यस्तै आजै १७ जनाको कोरोना संक्रमणबट मृत्यु भएको पुष्टि गरिएको छ। हालसम्म मृतकको संख्या ४५३ पुगेको ।

२४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।