नदीमा बैकल्पिक बाटो बनाएर सूचारु गर्न खोज्दा सेनाद्धारा अवरोध

५ असोज, कालिकोट । लगातार रुपमा आएको बर्षाले आएको बाढिले बेलिव्रिज पुल कटान गरेपछि स्थानिय वासिले बैकल्पिक रुपमा नदिमा बाटो बनाएर सचारु गर्न खोज्दा नेपाली सेनाले अवरोध गरेको छ ।

साउन १२ गते राति आएको अविरल वर्षाले कर्णाली करिडोर अन्र्तरगत शान्तिघाटको बेलिव्रिज पुल कटानगरी पुल जोखिमा रहेपछि आवातजावत बन्द रहेको थियो । बाढिले अर्को झोलंगे पुलवाट मालसमान ढुवानी गनु पर्दा उपभोक्त मारमा पर्ने भएकाले बैकल्पिक रुपमा खोलामा बाटो बनाएर यातायात सुचारु गर्न खोज्दा कर्णाली करिडोरको निर्माणको जिम्मा पाएको नेपाली सेनाले अवरोध गरेको स्थानियले जानकारी दिएका छन ।

वजनदार सामाग्री जोखीम झोलंगे पुलबाट वारपार गर्दा पुलनै भत्किन सक्ने भन्दै बैकल्पिक रुपमा नदिमा बाटो बनाएर मालसामान ढुवानी गर्ने भनेर बजारका स्थानिय व्यापरीहरुले यो काम गर्दा नेपाली सेनाले काम गर्न नदिएको उद्योग वाणिज्य संघका कोषाध्यक्ष गौरी संज्यालले बताए । उनले भने, कणाली करिडोर निर्माणको जिम्मा नेपाली सेनाको हो । सडक निर्माण सम्पन्न गरी सडक विभिागलाई हस्तानत्रण नगर्दा सम्म बिगे्र भत्केको पुन निर्माण गर्ने जिम्मा उसकै हुन्छ, तर, पनी कामदार लाई पुलपारी सम्मको ढुवानी प्रति केजीको एक रुपैयाँ तिनु पर्छ यसले गर्दा गाउँमा जाने हरेक माल समानमा उपभोक्ताहरु महंगिको मारमा परेकाछन । यसको समस्याको सामाधानका लागी व्यापारीहरुले बाटो खोलन खोज्दा अवरोध गरेको बताए । यसको लागी नेपाली सेना संग छलफल गरेर उसकै समन्वय र सहकार्यमा बैकल्पिक बाटो बनाएर नागरकिलाई सहज बनाउने बताए ।

उता नेपाली सेनाले भने, आफुहरुले, पुल नजिकैको चट्टान खोल्दै गरेको बताएको छ । कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख क्याप्टेन मिलन कार्किका अनुसार, बाटो बनाउनमा आफुहरुले अवरोध नगरेको बताए । उनले भने, नदिबाट बाटो खोल्दा जोखिम हुनुका साथै पछी बाटो अवरोध हुन सक्ने भन्दै काम नगर भनेको मात्र हो , अवरोध गरेको हैन । अहिले पुल नजिकेको पहिरो पन्छाएर पाखन खोल्ने काम भइरहेको छ, । पाखन खोल्न विस्पोटक प्रदार्थको प्रयोग गरेर मात्र भिड फोर्न सकिन्छ । उनले भने, निन्तर काम भएमा अबको एक महिनामा बाटो खुल्छ ।