काठमाण्डौ उपत्यकामा ६७४ जना कोरोना भाइरसका पुष्टि

५ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा ६ सय ७४ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सोमबार देशभर भने ११ सय ५४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।