पर्वतारोही हिम चितुवा आङरिता शेर्पाको निधन

५ असोज, काठमाडौं । पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । हिम चितुवा’ उपनामले परिचित समेत हुनुहुन्थ्यो । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार आज सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

१० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिएका छन् ।